सोमबार, कार्तिक १० गते २०८३

संसदमा नीति तथा कार्यक्रम प्रस्तुतः सहकारीको नियमनको लागि विशिष्टिकृत निकाय स्थापना गरिने


जेठ १, २०८१ मंगलबार
संसदमा नीति तथा कार्यक्रम प्रस्तुतः सहकारीको नियमनको लागि विशिष्टिकृत निकाय स्थापना गरिने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको  नियमन  तथा सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने  भएको छ ।

आज  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारीको नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने  जनाए ।  बचत तथा कर्जा सुरक्षण कोष,   कर्जा सूचना केन्द्र र  ऋण असुली न्यायाधिकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिने  सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सहकारी संस्थाहरुलाई  अनिवार्य रुपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन, सूचना प्रणाली (कोपोमिस )मा आवद्ध हुनुपर्ने व्यवस्था गरिने  उनले बताए । सरकारको सेयर स्वामित्व भएका साझा सहकारी संस्थालाई एकिकरण गर्ने व्यवस्था मिलाइने पनि राष्ट्रपतिले  पौडेलले जानकारी गराए । बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने सरकारको नीति छ ।