सोमबार, कार्तिक १० गते २०८३

एकीकृत फ्रेन्डसिप सहकारी संस्थाको कुल सम्पत्ती १ अर्ब ३८ करोड माथी


जेठ १, २०८१ मंगलबार
एकीकृत फ्रेन्डसिप सहकारी संस्थाको कुल सम्पत्ती १ अर्ब ३८ करोड माथी


एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको  बैशाख महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार यस आर्थिक बर्षकोे बैशास मसान्तसम्म शेयर पुँजी ११ करोड ६९ लाख ७० हजार पुगेको छ ।

त्यसैगरी संस्थाको जगेडा कोष ६ करोड ५२ लाख ८३ हजार,अन्य कोषहरु २ करोड ६२ लाख र बचत संकलन १ अर्ब १२ करोड ६६ लाख,४४ हजार पुगेको छ । त्यस अबधिमा संस्थामा १५.०२ प्रतिशत अर्थात १६ करोड ९१ लाख ९० हजार तरलता रकम रहेको छ । १ अर्ब ७ करोड ६४ लाख ६९ हजार ऋण लगानी गरेको संस्थाको कुल सम्पत्ती १ अर्ब ३८ करोड ९३ लाख ६६ हजार पुगेको छ । संस्थामा ७ हजार ८७६ पुरुष र ७ हजार ८०५ जना महिला गरी १५ हजार ७९५ जना सदस्य रहेका छन् ।

कुल सदस्य मध्ये २ हजार ४३५ जना सदस्यले संस्थाबाट ऋण लिएका छन् । कुल सदस्यको तुलनामा ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्ने सदस्यहरुको संख्या १५.७ प्रतिशत रहेको छ । कुल सदस्यमा २५ प्रतिशत माथी सदस्यले संस्थाबाट ऋण उपभोग गरे भने उक्त संस्था राम्रो मान्न सकिन्छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता र व्यवसाय गर्नका लागि सीप तथा पुँजी प्रदान गरी क्रमश ऋणको माग बढाउदै लैजानु पर्ने देखिन्छ । संस्थामा ४ हजार ३१३ बाल बचतकर्ता रहेका छन् ।

उनीहरुमा स सानो रकम बचत गर्ने बानीको विकास संस्थाले गर्दै आएको छ भने सहकारीप्रति युवाहरुको आकर्षण बढाउन विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसका साथै संस्थाले युवा पुस्तालाई लक्षित गर्दै विभिन्न डिजिटल  वालेटहरु समेत सञ्चालनमा ल्याएको छ । यसले युवाहरुलाई सहारीमा आकर्षित गर्न थप टेवा पुगेको संस्थाले जनाएको छ ।