सोमबार, कार्तिक १० गते २०८३

चन्द्रागिरि सहकारीद्वारा सदस्यको उत्पादनको बजारीकरणका लागि प्रदर्शनीको आयोजना


बैशाख ३०, २०८१ आइतबार
चन्द्रागिरि सहकारीद्वारा सदस्यको उत्पादनको बजारीकरणका लागि प्रदर्शनीको आयोजना

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले  उमन्स क्रिएशन सेवा केन्द्र  मार्फत सदस्यहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रदर्शनी गरेको छ  । संस्थाको उमन्स क्रिएशन उद्यमी महिला समूहद्वारा  हिजो  लघुउद्यमी मेला आयोजना गरेका हुन्। बुढानिलकण्ठ  नगरपालिका  वडा न. ६ गणेश चोकमा रहेको सेवाकेन्द्रको प्राङ्गणमा प्रत्येक महिनाको अन्तिम शनिबार उद्यमी मेला आयोजना हुँदै आइरहेको  संस्थाले जनाएको छ ।  

संस्थाका सदस्यहरुले आ–आफ्ना वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनी गरिने मेलाले स्थानीयहरुको सहभागितामा बजारीकरणमा सहयोग पुग्ने  संस्थानको विश्वास छ । यस्तो मेला स्थानीय उत्पादहरुको विनिमय हुने ठाउँ मात्र होइन बजारलाई चलायमान बनाउने, सम्बन्धहरु प्रगाढ बनाउने, नयाँ सम्भावनाहरु खोज्ने र सहकारिताको अभ्यास गर्ने माध्यम पनि भएको चन्द्रागिरि साकोसले उल्लेख गरेको छ ।

  साकोसले समय समयमा विभिन्न कार्यक्रमको अवसरमा सदस्यहरुको वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनीमा सहजीकरण गर्दै आइरहेको छ र सदस्यहरुको सीपको डाटाबेस समेत तयार  गरिसकेको छ । यसैबीच, साकोसले चन्द्रागिरि नगरपालिकामा अवस्थित मुख्य कार्यालय, दहचोक सेवाकेन्द्र, ललितपुर जिल्लाको शुभतारा सेवाकेन्द्र तथा पाटन सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुमा पनि यस प्रकारको उद्यमी मेला आयोजना गर्ने ईच्छा भए सहजीकरण गर्ने समेत जनाएको  छ ।