सोमबार, कार्तिक १० गते २०८३

अर्थतन्त्रको एउटा खम्बा सहकारीमा धमिरा लाग्योः सचिव दुवाडी


बैशाख २५, २०८१ मंगलबार
अर्थतन्त्रको एउटा खम्बा सहकारीमा धमिरा लाग्योः सचिव दुवाडी


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी  दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । नेफस्कूनको आयोजनामा आजबाट सुरु भएको लेखा समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा रहेको सहकारीमा धमिरा लागेको बताएका हुन् ।

उनले सहकारीमा धमिरा लागेको र बेलैमा उपचार गर्न सकिएन भने अर्थतन्त्रको  अन्य खुट्टाहरुलाई पनि समस्या पार्ने बताए । मुलुकभर ३३ हजार ३७३ सहकारी संस्था रहेको भए पनि कति  संस्था सक्रिय छन्र भन्ने कुराको यकिन नरहेको उनले प्रष्ट पारे । ७३ लाख सदस्य आवद्ध रहेको र ठुलो नेटवर्क भएको क्षेत्रमा अविश्वास बढेकाले सबै पक्ष जिम्मेवार भएर समस्या समाधान गर्न अगाडि बढ्नु पर्ने उनको भनाई छ । ‘सहकारीहरुले के कस्तो काम गरेका छन् र के कस्ता कमी कमजोरी भएका छन्, आत्म समीक्षा गनेए बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने । सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने  भन्र्दै उनले संस्थाका सञ्चालक र वित्तीय विवरण, लगानीको अवस्था जस्ता कुरा बुझेर मात्र सदस्य बन्नु पर्नेमा जोड दिए ।  सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर  अगाडि बढ्नु पर्ने उनको भनाई छ । ‘अहिले सबै संस्थालाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असल संस्थामा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, वाह्य भन्दा पनि  धेरै आन्तरिक समस्या छन्’, सचिव दुवाडीले भने ।

‘सहकारीले  मुद्दती निक्षेप लिनु हुदैन, तर ३ बर्षमा डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन्?’, उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को? कहाँबाट डबल दिने, चोरे दिने होइन होला ।’सचिव दुवाडीले साढे ४ खर्ब भन्दा बढी बचत परिचालन गरेको यो क्षेत्रमा कहाँबाट कसरी समस्या आयो सबैले म म गर्ने बेला आएका जनाए ।  सहकारीले गरेको लगानी कहाँ गयो, तपाईहरुलाई थाहा नै होला उनले भने,‘हिजो हरियो देखेर लगानी गरेको क्षेत्रमा आज सुख्खा छाएको छ । सञ्चालकहरु पैसा फिर्ता दिनुपर्छ भनेर भागेर हिड्नु परेको अवस्था छ भने सदस्यहरु आफुले राखेको बचत फिर्ता माग्दै सञ्चालक खोजेर हिडेका छन्।

यस्तो अवस्था कसरी आयो ? ’कुनै समय जिडिपीमा राम्रो योगदान दिएको सहकारी क्षेत्रको अहिले जिडिपीमा योगदान  घटेर गएको र त्यसका साथै समग्र  अर्थतन्त्रमा नै ठुलो समस्या ल्याउन सक्ने उनले जनाए । संस्थालाई सुशासनमा लैजान सदस्यहरुको साथै लेखा समितिको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । सहकारीमा  समस्या भएको कुरा विभिन्न समयका प्रतिवेदनहरुले औंल्याएको भए पनि त्यसलाई सहज रुपमा लिदा आजको समस्या आएको उनले जनाए । संस्थागत र वित्तीय शुसासन कायम गर्न संस्थामा लेखा समितिको भूमिका महत्वपूर्ण रहेको दुवाडीले बताए । संस्थामगत शुसासन कायम गर्दै सदस्यको बचतको सुरक्षाको प्रत्याभूति दिलाउनु लेखा समितिको दायित्व भएको उनको भनाई छ ।