नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड १६ औं वर्ष पूरा गरी आजबाट १७औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर सदस्यको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता जनाउँदै आवद्ध संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ ।
संस्थामा आवद्ध सदस्यहरुको पूर्ण विश्वासले आजको विषम परिस्थितिमा पनि सबल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न संस्था सफल भएको संस्थाले जनाएको छ । सहकारीहरुको भींडमा नेचुरल सहकारीले जुन पहिचान बनाउन सफल भएको त्यो तपाईं सदस्यहरुकै कारण सफल भएको हो । वर्तमान अवस्थामा पनि सदस्यता वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गर्दछ ।
प्रतिवद्धतामा भनिएको छ ‘स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै वित्तीय कारोबारसँगै प्रविधि मैत्री सेवा तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुमा संस्था क्रियाशिल छ । सहकारीको मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालना हामी सदैव प्रतिवद्ध छौं । हामी तपाईं सदस्यहरुको बचत र लगानीको सुरक्षाको प्रत्याभूति गर्दै संस्थाप्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन नदिने आजको दिन प्रण गर्दछौं ।’