नेपाल उद्योग परिसंघको सी.जी. फुड्समा भएको आक्रमणको निन्दा गरेको छ । सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै परिसंघले एक विज्ञप्तिमार्फत जनाएको छ ।
मुलुकको एक प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उक्त उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ ।
हालको विषम परिस्थितिमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साहित बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण परिसंघले गराएको छ ।