काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले फेसन तथा लाइफस्टाइल ब्रान्ड के.टी.एम. सिटीका १७ वटै आउटलेटमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतामा बैंक र के.टी.एम. सिटीबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले के.टी.एम. सिटीका सम्पूर्ण पहिरन तथा कपडा खरिदमा छुट पाउनेछन्। बैंकले स्वास्थ्य, रेष्टुरेन्ट तथा सेवा क्षेत्रका विभिन्न संस्थासँग सहकार्य गर्दै ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।
नेपालपत्र संवाददाता