भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २० औं स्थापना दिवसको अवसरमा संस्थाहरुलाई सम्मान गरेको छ । संघको सदस्य संस्थाहरु मध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने संस्थाहरुलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत गरेको हो ।
संघले त्यस्ता संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८’ बमोजिम जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार चमेली कल्याणकारी बचत तथा ऋण सहकारीलाई प्रदान गरेको छ । चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सयपत्री बचत तथा ऋण सहकारी संस्था भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था, सुर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., र मध्यपुरथिमी नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई प्रदान गरेको छ ।
साथै ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार भक्तपुर बचत तथा ऋण सहकारी संस्था, कमलविनायक बचत तथा ऋण सहकारी संस्था र बालाखु गणेश बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
नेपालपत्र संवाददाता