सोमबार, कार्तिक १० गते २०८३

नेपाली साकोस अभियानसँग अन्तरक्रिया गर्न एरिन उत्साहित, प्रभावकारी आन्तरिक नियन्त्रणबारे प्रस्तुति दिने


बैशाख १८, २०८१ मंगलबार
नेपाली साकोस अभियानसँग अन्तरक्रिया गर्न एरिन उत्साहित,  प्रभावकारी आन्तरिक नियन्त्रणबारे प्रस्तुति दिने

 

विश्व ऋण परिषद् अन्तर्गत अन्तर्राष्ट्रिय बहसपैरवी तथा नियमन विज्ञ एरिन ओ हर्न आगामी साता नेपाल आउँदै छिन् । नेपाली साकोस अभियानसँगको भेटलाई लिएर आफू उत्साहित भएको सन्देश उनले दिएकी छिन् । 

एरिनले भनेकी छिन् ‘अर्को साता नेपालको साकोस अभियानसँग हुने छलफललाई लिएर म निक्कै उत्साहित छु । आन्तरिक नियन्त्रण प्रणाली तथा लेखा सुपरिवेक्षण समितिसम्बन्धी उत्कृष्ट अभ्यासहरुका बारेमा हुने उक्त वैचारिक मन्थनलाई लिएर म व्यग्रताका साथ प्रतीक्षारत छु ।’

नेफ्स्कूनको आयोजनामा यही बैशाख २५ र २६ गते काठमाडौंमा हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा एरिनले ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास र नेपालको सम्भावना’ विषयमा प्रस्तुतिकरण गर्नेछिन् । 

वित्तीय नियमनको क्षेत्रमा १५ वर्ष लामो अनुभव सँगालेकी एरिन डक्टर अफ जुरिस प्रुडेन्स ९डक्टर अफ ल० रहेकी छिन्। उनले युनिभर्सिटी अफ आयोवा कलेज अफ ल बाट विद्यावारिधि गरेकी हुन् । 

क्रेडिट युनियन अभियानमा लामो योगदान दिएकी एरिन ओकूभन्दा अगाडि आयोवा क्रेडिट युनियन लीगमा आवद्ध थिइन्। भर्खरै मात्र एरिनले आयरल्याण्डमा अन्तर्राष्ट्रिय क्रेडिट युनियन अभियानको पछिल्ला घटनाक्रम सँगै उत्कृष्ट विश्व नियमन अभ्याससम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रममा सहभागि थिइन्।