सोमबार, कार्तिक १० गते २०८३

हाम्रो जनकल्याण साकोसले मनायो स्थापना दिवस


बैशाख १७, २०८१ सोमबार
हाम्रो जनकल्याण साकोसले मनायो स्थापना दिवस

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापन दिवस मनाएको छ । सो अवसरमा संस्थाले   सदस्य आवाज बुलेटिन विमोचन  समेत गरेको छ । कार्यक्रममा  भिमेश्वव  नगरपालिकाका मेयर र्इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।  

तयसैगरी  बागमती  प्रोस्कुनका महासचिव जिबसराज खड्का, जिल्ला सहकारी संघका अध्यक्ष देवि प्रसाद शर्मा, जिल्ला बचत तथा ॠण सहकारी संघका सचिव शर्मिला सापकोटा, नेपाल रेडक्रस सोसाइटी , जिल्ला शाखा दोलखाका सभापति इश्वरी दहाल, नेपाल पत्रकार महासंघ, दोलखा शाखाका उपाध्यक्ष सृजन घिमिरे, नेपाल च्याबर अफ कमर्सका उपाध्यक्ष पाण्डब सिं पाण्डे लगायतको आतिथ्यता रहेको थियो । 

संस्थाले सो अवसरमा  जेष्ठ  सदस्य र उद्यमी सदस्यहरुलाई सम्मान गरेको थियो । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।