नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति र कर्मचारीहरुको भत्तामा कटौती गरेको छ । संस्थाको सञ्चालक समितिको हालै बसेको बैठकले भत्ता कटौती गर्ने निर्णय गरेको हो ।
मुलुकमा आएको आर्थिक मन्दीका कारण संस्थाले गरेको ऋण असुलीमा समस्या आउदा संस्थाको आम्दानी समेत प्रभावित भएकाले खर्च कटौती गर्ने नीति लिएको संस्थाले जनाएको छ । एकातिर ऋण असुलीमा समस्या छ भने अर्कोतर्फ मन्दीका व्यापार व्यवसाय नभएकाे र सदस्यहरुबाट ऋणको मागमा कमी आहुँदा संस्थाको आम्दानी घटेको छ व्यवस्थापक रमेश उदासले जानकारी बताए । विद्यमान अवस्थालाई मध्यनजर गर्दै सञ्चालक समितिका सदस्यले लिँदै आएको मासिक बैठक भत्तामा ४० प्रतिशत कटौती गरेको व्यवस्थापक उदासले जानकारी दिए । त्यसैगरी सञ्चालक, संयोजक, उपसमितिका सदस्य र कर्मचारी सबैको यातायात खर्च भत्तामा पनि ४० प्रतिशतले कटौती गरिएको उनको भनाई छ ।
बैठकले सबैलाई बराबर र कर्मचारीहरुलाई दिदै आएको खाजा र संचार खर्च कटौती गरेको छ । संचालकहरुलाई दिदै आएको संचार खर्च कटौती गर्नुका साथै महँगो शुल्कमा देश तथा विदेशमा हुने भ्रमण र तालिमगोष्ठीहरुमा सहभागी हुँदा मितव्ययिता अपनाउने र सकेसम्म सहभागी नहुने नीति लिएको छ। संस्थामा भएको बचतलाई सदस्यहरुमाझ सुरक्षित रुपमा ऋण लगानी गर्दै सुरक्षित रुपमा सहकारी सञ्चालन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
नेपालपत्र संवाददाता