आइतबार, आश्विन १८ गते २०८३

यल अन्तर म्यानेजर क्लबले मनायो दोस्रो स्थापना दिवस,कर्मचारीको क्षमता विकासको लागि काम गर्दै


बैशाख ११, २०८१ मंगलबार
यल अन्तर म्यानेजर क्लबले  मनायो दोस्रो स्थापना दिवस,कर्मचारीको क्षमता  विकासको लागि  काम गर्दै

ललितपुरमा रहेका  १४ वटा सहकारीका म्यानेजरहरुको पहलमा गठन भएको यल अन्तर म्यानेजर क्लबले दोस्रो स्थापना दिवस मनाएको छ ।  समितिका संयोजक एवं माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाका  व्यवस्थापक सुनिल महर्जनको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंक, लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेतीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको  हो ।

यल अन्तर सहकारीका अध्यक्ष अष्टलाल महर्जन, यल अन्तर सहकारीका संथापक अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको विशेष आतिथ्य, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक  उर्मिला सापकोटाको आतिथ्यता तथा १४ वटै सहकारीका अध्यक्ष,प्रतिनिधि एवं कर्मचारीहरुको उपस्थितिमा  स्थापना दिवस सम्पन्न भएको हो ।  स्थापना दिवसको अवसरमा यल अन्तर सहकारीका संस्थापक अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले सहकारी संस्थाका कर्मचारी भनेको सहकारीको ऐना भएकोले अझ  जिम्मेवारी हुनु पर्ने बताए । उनले वित्तीय  अनुशासनमा  रहेर संस्था सञ्चालन गरे समस्या  नै नआउने उल्लेख गरे । कार्यक्रममा यल अन्तर सहकारीका अध्यक्ष अष्टलाल महर्जनले म्यानेजर क्लब गठन गर्नुको उद्देश्य माथी प्रकाश पारेका थिए ।

437976964_347312278340346_7222326392914881627_n.jpg

उक्त कार्यक्रमका प्रमुख अतिथि सहकारी बैंक लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेतीले यल अन्तर सहकारी म्यानेजर क्लबले राष्ट्रिय रुपमै उदाहरणीय काम गर्न सकोस भन्दै  शुभकामना  दिएका थिए । साथै यस विषम परिस्थितिमा समेत १४ वटै सहकारी व्यवस्थित रुप संचालन हुँदै आएकोमा  उनले खुशी व्यक्त गरे । कार्यक्रममा समितिका संयोजक एव कार्यक्रमका सभापति सुनिल महर्जनले म्यानेजर क्लब गठन भए पश्चात कर्मचारीको क्षमता विकासको लागि नियमित प्रशिक्षणको कार्यक्रमहरु संचालन गर्दै आई राखेको जानकारी दिए । भविष्यमा समेत यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने  उनको भनाई छ ।

समितिका सह संयोजक एवं ललितपुर जिल्ला बचत  संघका संचालक सदस्य विनोद महर्जनले  उक्त कार्यक्रम  सञ्चालन गरेका थिए ।