सहकारीको वर्तमान अवस्था र चुनौतिमा यलः अन्तर सहकारी समन्वय समितिको भूमिकाका विषयमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
तःननि बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापन तथा यलः अन्तर सहकारी समितिको आयोजनामा भएको कार्यक्रममा १४ वटा सहकारी संस्थाका सञ्चालक सहभागि रहेका थिए ।
समितिले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदानका साथै सहकारीका समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया गरेको हो । दुइदिने कार्यशाला गोष्ठीको अध्यक्षता तःननि साकोसका अध्यक्ष अष्टलाल महर्जनले गरेका थिए ।
२०७३ सालमा ललितपुर महानगपालिका १४ वटा सहकारी संस्था मिलेर समन्वय समिति स्थापना गरेका थिए ।
नेपालपत्र संवाददाता