सोमबार, कार्तिक १० गते २०८३

एक लाख बीस हजार सदस्य भएको विकु साकोसमा ३६ प्रतिशत तरलता


बैशाख ३, २०८१ सोमबार
एक लाख बीस हजार सदस्य भएको विकु साकोसमा ३६ प्रतिशत तरलता


मुलुककै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकु बचत तथा ऋण सहकारी संस्थामा १ लाख २० हजार ३८३ सदस्य आवद्ध भएका छन् ।

संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको चैत्र महिनाको परिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी ८९ करोड ७४ लाख ३४ हजार, साधारण जगेडा कोष ६२ करोड ६२ लाख ८९ हजार, विभिन्न कोषहरु १० करोड ४७ लाख १६ हजार र कुल संस्थागत पुँजी ७२ करोड ६३ लाख रहेको छ ।

त्यसैगरी संस्थामा बचत संकलन ८ अर्ब २५ करोड ६३ लाख २६ हजार, ६ अर्ब ७६ करोड ३६ लाख ५५ हजार ऋण लगानी र तरलता रकम ३६.०४ प्रतिशत अर्थात २ अर्ब ९७ करोड ५४ लाख ५६ हजार रहेको छ । संस्थाको यस अवधिमा कुल सम्पत्ति १० अर्ब २५ करोड ७ लाख ५१ हजार पुगेको  छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिनाको पहिलो साता वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।