महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । सेयर किनबेच गर्ने सेयर लगानीकर्तालाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ अल इन वान खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि(आश्वा तथा टि। एम। एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि।एम।एस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि(आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टि।एम।एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ ।
यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।
नेपालपत्र संवाददाता