शनिबार, आश्विन १७ गते २०८३

कुमारी स्मार्ट एप प्रयोग गर्दा अतिरिक्त ब्याज पाइने


बैशाख २, २०८१ आइतबार
कुमारी स्मार्ट एप प्रयोग गर्दा अतिरिक्त ब्याज पाइने

 

कुमारी बैंकले मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने स्किम ल्याएको छ । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्ने जनाएको छ। साथै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिने भएको छ ।

‘कुमारी स्मार्ट’ मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । उक्त एपबाट मुद्दती खाता खोल्न र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने तथा यस्तो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।