जिल्ला सहकारी संघ काभ्रेपलान्चोक आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता सम्पनन भएको छ । सहकारीबीच भएको लोक दोहोरी प्रतियोगितामा ३० सहकारीको सहभागिता रहको थियो ।
दोहोरी प्रतियोगितामा सहकारी सम्बन्धि सन्देशमुलक लोकदोहोरी गीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा श्री नवदुर्गा साकोसले प्रथम, बुडोल सामुदायिक साकोसले दोस्रो, अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारीले र कल्याणकारी बहुउद्देश्यीय सहकारीले सान्त्वना स्थान हासिल गरेको जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । प्रतियोगिताका प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका केन्द्रिय उपाध्यक्षद्वय सुवास केसी र राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष बासु सिमखडा र वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा निर्णायक भूमिकामा थिए ।
नेपालपत्र संवाददाता