लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सम्मान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सदस्यहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको हो । संस्थाको मुख्य कार्यालयको आयोजनामा बलेफि गाउँपालिका वडा नं. ८ स्थित युथ स्पोर्टस क्लवको भवनमा आयेजना गरिएको कार्यक्रमको प्रमुख अथिति उक्त वडाका वडाध्यक्ष रमेश कुमार श्रष्ठ रहेका थिए ।
बर्ष उत्कृष्ट सदस्य सम्मानमा ६ जना, नियमित क्रमिक बचत कार्यक्रममा आबद्ध सदस्य सम्मानमा ३५ जना र उत्कृष्ट महिला समुह सम्मानमा १ वटा समुहलाई सम्मान गरिएको संस्थाले जनाएको छ । करिव एक दशक संस्थाको कर्मचारी भई कार्य गरेकी पुर्व कर्मचारी राधिका तिमल्सिनालाई उक्त कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाको संस्थापक कोषाध्यक्ष बलराम सापकोटा, पुर्व उपाध्यक्ष रितादेवी नेपाल र सम्मानित सदस्यहरु मध्येबाट एक एक जनाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन ब्यबस्थापक रबिन बि.क.ले गरेका थिए । सचिव नेत्र प्रसाद पराजुलीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष पुर्णचन्द्र ढकालले गरेका थिए ।
नेपालपत्र संवाददाता