सोमबार, कार्तिक १० गते २०८३

पाँच तारा सहकारीले भोलि खुल्ला रक्तदान गर्ने, सक्रिय सहभागिताको लागि सदस्यलाई आव्हान


चैत्र १९, २०८० सोमबार
पाँच तारा सहकारीले भोलि खुल्ला रक्तदान गर्ने, सक्रिय सहभागिताको लागि सदस्यलाई आव्हान


पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान गर्ने भएको छ । संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवस एवं संस्थाकाे स्थानापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको हो ।

२०६७ सालदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष भोला नाथ पाठकले बताए । विगतका बर्षहरुमा पनि रक्तदान कार्यक्रममा सदस्यको सक्रिय सहभागिता रहने गरेको र भोलि बिहान हुने रक्तदान कार्यक्रममा पनि सक्रिय सहभागि भएर रक्तदान गर्न उनको आग्रह छ ।

संस्थाले लगातार १० पटकसम्म रक्तदान गर्ने रक्तदातालाई विशेष सम्मान र ५ पटक रक्तदान गर्नेलाई चाँदीको सिक्का प्रदान गर्दै आएको छ। संस्था परिसरमा रक्तदान कार्यक्रम हुनेछ ।  संस्थाले समुदाय र सदस्यको हित हुने विविध गतिविधिहरु सञ्चालन गरी त्यस क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको छ ।