सोमबार, कार्तिक १० गते २०८३

सहकारी दिवसको अवसरमा सगुन सहकारीद्वारा विद्यालयहरुलाई सामाग्री हस्तान्तरण


चैत्र १९, २०८० सोमबार
सहकारी दिवसको अवसरमा सगुन सहकारीद्वारा विद्यालयहरुलाई सामाग्री हस्तान्तरण

 

सगुन बचत तथा ऋण सहकारी संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामाग्री प्रदान गरेको छ । संस्थाले  सहकारी दिवसको तिन दिने कार्यक्रमको पहिलो दिन  सामाजिक उत्तरदायित्व बहन गर्दै  सामुदायिक शिक्षालयहरुलाई संस्थाको संचालकहरुको उपस्थितिमा विभिन्न  सामाग्रीहरु हस्तान्तरण  गरेको हो ।

संस्थाले  कर्मैया आदर्श जनता क्याम्पस,बागमतीलाई१० थान सिलिङ फ्यान , जनता मावी थिङ्टोल, बागमती ५ थान डस्टविन र शेरजगचोक समिक्षालय,बागमती १ थान डस्टविन हस्तान्तरण गर गरेको  जानकारी दिएको छ । त्यसैगरी च. ज.उ.मावि सुखेपोखरी, हरिवनलाई ५ थान डस्टविन र १ थान पानीको जार, सगुन शिक्षा आवाशिय बिध्यालय हरिवनलाई ५ थान डस्टविन र १ थान पानी जार, म.ज.मावि हरिवनलाई ५ थान डस्टविन र १ थान पानीको  जार  जनजागृती  मावि हरिवनलाई ५ थान डस्टविन १ थान पानीको जार र  चुरे आधारभुत विद्यालय हरिवनलाइ ३ थान डस्टविन  र २ थान पनिको जार  हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले  समुदाय र सदस्यको आवश्यकता अनुसार विगतमा पनि यस्ता  सामाजिक गतिविधि गर्दै आएको जनाएको छ ।

434422310_1106546093784322_3859542791097275729_n.jpg