समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुलाई अनलाइनमाफत् बचत माग दावी गर्न सूचना जारी गरेको छ ।
समितिले २०८० चैत्र १६ गते एक सूचना प्रकाशित गरी ३५ दिनभित्र समितिको वेबसाइट www.coopmc.gov.np मा गई सम्पूर्ण विवरण भरी माग दावी गर्न भनेको हो ।
सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोपिजम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी समितिको मातहत गइसकेको छ।
नेपालपत्र संवाददाता