सोमबार, कार्तिक १० गते २०८३

लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस, समूदायको सवल संस्था बन्न सफल


चैत्र १४, २०८० बुधबार
लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस, समूदायको सवल संस्था बन्न सफल


  पनौती नगरपालिका ५ चौकोटमा रहेको लक्ष्मी  महिला बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी २६ औ स्थापना दिवस मनाएको छ । 

संस्थाकी अध्यक्ष मैया महतको  अध्यक्षतामा पनौती नगर प्रमुख  रामशरण भण्डारी को  प्रमुख आतिथ्यतामा संस्थाले स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा स्थापना कालका तदर्थ संञ्चालक समितिका पदाधिकारीहरुलाई सम्मान र  २०७९ सालका एस।ई।ई उतिर्ण  विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान  गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा न. ५ का वडाध्यक्ष   बिनोद खत्रीबामगती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा,जिल्ला सहकारी संघ काभ्रे का  अध्यक्ष  दिलिप शर्मा र जिल्ला बचत संघ काभ्रेका  सह सचिब बिकास बादे लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए । 

कार्यक्रमका  प्रमुख अतिथि एवं अतिथिहरुले २६ औ स्थापना दिवसको शुभ कामना व्यक्त गर्दै  संस्था थप प्रभावकारी र सशक्त ढंगबाट समुदायको सामाजिक आर्थिक समुन्नतीको बाटोमा हिडाउन सुझाव दिएका छन् । संस्थाले महिला सदस्यहरुको  आर्थिक सामाजिक तथा नेतृत्व विकासमा उल्लेखनिय भूमिका खेल्दै आएको छ । समुदाय रसदस्यलाई दिएको प्रभावकारी सेवाका कारण संस्था एक सवल संस्था बन्न सफल भएको छ ।

434411064_2656497704500362_4718084902737139297_n.jpg

संस्थाले यस आर्थिक बर्षको फागुनसम्म २ करोड ९० लाख शेयर पुँजी, १ करोड ४३ लाख ८९ हजार जगेडा कोष,८१ लाख ४८ हजार विभिन्न कोषहरु र १ करोड ५० लाख ४९ हजार कूल संस्थागत पुँजी बनाउन सफल भएको छ । त्यसैगरी यस अवधिमा २० करोड ६६ लाख ९४ लाख बचत संकलन, १८ करोड ४७ लाख ऋण लगानी  गरी कूल सम्पत्ति २६ करोड ९ लाख ६३ हजार पुगेको छ । संस्थामा ३ हजार १२४ जना महिला सदस्य आवद्ध रहेका छन् ।