सोमबार, कार्तिक १० गते २०८३

सहकारीका ऋणीलाई समयमा साँवाब्याज तिर्न बैतेश्वर गाउँपालिकाको अपील


चैत्र ९, २०८० शुक्रबार
सहकारीका ऋणीलाई समयमा साँवाब्याज तिर्न बैतेश्वर गाउँपालिकाको अपील

वैतेश्वर गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणीहरुलाई समयमा आफ्नो साँवा ब्याज तिर्न आव्हान गरेको छ । 

केहि ऋणी सदस्यहरुले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवार अभिव्यक्तिको पछी लागेर समयमा नै ऋणको साँवा–व्याज समयमा नै नतिरेकोले समस्या परेको सूचनामा उल्लेख छ । 

त्यसले गर्दा सहकारी संस्थाहरुमा तरलताको अभाव भै बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने जटिल अवस्था सृजना हुने भन्दै पालिकाले आफुले लगेको साँवा तथा व्याँज समयमा नै भुक्तानी र्गन अपील गरेको हो । ।

ऋण तिर्न आलटाल गरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं वैतेश्वर गाउँपालिकाको सहकारी ऐन २०७६ (पहिलो संसोधन २०८०) को दफा ६१ र ६२ मा ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरूण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था भएकोले सचेत रहन र प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका तथा कानूनको बर्खिलाप गरे कानून बमोजिम कारवाही हुने सूचनामा भनिएको छ ।