उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ । संस्थाले १९ औ बार्षिकोत्सव बिगतका बर्ष जस्तै सामाजिक कार्य गरेर मनाएको हो । संस्थाले यस अवसरमा गोकर्नेश्वोर नगरपालिका १ स्थित दृष्टि विहिन आमा समूह नयाँपाटी सुन्दरीजल र गोकर्नेश्वोर नगरपालिका ४ स्वास्थ समाज नेपाल संस्थालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
खाद्यान्न सामग्री संस्थाका सलाहकार गोविन्द बहादुर श्रेष्ठ , राम बहादुर श्रेष्ठ तथा अध्यक्ष्य धर्म शरण श्रेष्ठद्वारा हस्तान्तरण गरिएको छ। संस्थाले १९ औ बार्षिकोत्सव अवसर पारेर मोबाईल बैकिङक सेवा सञ्चालनमा ल्याएको छ ।
नेपालपत्र संवाददाता