सोमबार, कार्तिक १० गते २०८३

बागमती प्रदेशको सर्वसाधारण एवं सहकारी संस्थाका सदस्यहरुलाई सूचना

चैत्र ७, २०८० बुधबार
बागमती प्रदेशको सर्वसाधारण एवं सहकारी संस्थाका सदस्यहरुलाई सूचना
  • आफ्नो बसोबास भएको ठाउँमा सदस्य बन्न चाहेको सहकारी संस्थाको स्वीकृत कार्यक्षेत्र भित्र पर्ने भएमात्र सदस्य बनौं,

  • सदस्य बन्नु अघि सञ्चालकहरुको विगतको चरित्र र छवि, व्यवस्थापन, विश्वसनीयता एवं योग्यताको सम्बन्धमा पर्याप्त बुझने गरौं,

  • संस्थाको योजना तथा कार्यक्रम र नाफा नोक्सानको अवस्था दृष्टिगत गरी संस्थाबाट अधिकतम सेवा प्राप्त हुनसक्ने देखिए मात्र सदस्य बनौं,

  • अस्वाभाविक व्याजदरको लोभ देखाउने र उपहार योजना राख्ने संस्थाको सदस्य नबनौं,

  • संस्थामा बचत गर्दा र ऋण लिँदा गरिने लिखतलाई राम्रोसँग अध्ययन गरेर मात्र कारोबार गर्ने गरौं,

  • संस्थासँग गरिएको शर्त बमोजिम ऋणको साँवा ब्याज समयमा भुक्तानी गरौं,  लिएको ऋण उद्देश्य अनुरुप प्रयोग गरी आर्थिक, सामाजिक स्तर उकास्न लागिपरौं,

  • नियमित रुपमा संस्थाको सम्पर्कमा रही संस्थाको कारोबार, सञ्चालक र व्यवस्थापनका गतिविधिमा ध्यान दिऔं र अनावश्यक हल्लाका पछि लागेर बचत फिर्ता माग्न नजाऔं,

  • संस्थाले नियमित रुपमा लेखापरीक्षण एवं साधारणसभा गर्ने, प्रतिवेदनहरु कार्यालयमा पेश गर्ने र हिसाबकिताब पारदर्शी राख्ने गरे नगरेको सम्बन्धमा सुसूचित बनौं,

  • संस्थाले सञ्चालकहरुका निजी व्यसायमा लगानी गरे नगरेको तथा कुनै व्यक्तिलाई पर्याप्त धितो नराखी असुरक्षित ढंगले ऋण दिए नदिएको सम्बन्धमा सचेत बनौं,

  • एकभन्दा बढी संस्थाको सञ्चालक तथा लेखा समितिमा नबसौं र कोही बसेको पाइए नियामक निकाय, कार्यालयमा सूचना गरौं,

  • संस्थामा सहकारी सिद्धान्त एवं कानून विपरीतका कार्य भएको पाइए नियामक निकायलाई सूचना दिई सबैको बचतलाई पूर्ण सुरक्षित तुल्याउन एवं सुशासनयुक्त ढंगले संस्था सञ्चालन गर्ने वतावरण बनाउन सहयोग गरौं,