राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसको थिम सार्वजनिक गरेको छ । महासंघले आज ६७ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको हो । हरेक बर्ष जसो महासंघले सहकारी दिवसको अवसर पारेर थिम सार्वजनिक गर्दै आएको छ ।
यस बर्षको थिम ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ रहेको छ । महासंघले सन २०३० सम्ममा मुलुकमा रहेका ३१ हजार सहकारीलाई एकीकरण मार्फत १० हजारमा झार्ने लक्ष्य लिएको छ । त्यसैगरी सन २०३० सम्ममा सहकारी संघ÷संस्थालाई पूर्ण रुपमा डिजिटाइजेशन गर्ने लक्ष्य अघि सारेको छ । सोही अनुरुप महासंघले प्रथम सहकारी डिजिटल कन्क्लेभ आयोजना गरेको छ ।
सहकारीमा एकीकरण अभियान सञ्चालन गर्ने र दिगो र गुणस्तरीय संस्थामा निमार्ण गर्ने लक्ष्य महासंघको छ । महासंघले यस अघिका बर्षहरुका लागि सहकारी दिवसको थिम ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने दिएको थियो ।
नेपालपत्र संवाददाता