ज्योति मिर्मिर सामुहिक बचत तथा ऋृण सहकारी संस्थाले २ हजार ७६९ सदस्यलाई ऋृण लगानी गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १७ हजार १९५ सदस्य मध्ये २ हजार ७६९ सदस्यमा ऋण लगानी गरेको देखिएको छ ।
संस्थामा यस आर्थिक बर्षको फागुन मसान्तसम्म ११ करोड ९४ लाख शेयर पुँजी,६६ लाख ८७ हजार जगेडा कोष, ३ करोड २३ लाख १४ हजार विभिन्न कोषहरु र ७ करोड २० लाख ५० हजार कुल संस्थागत पुँजी रहेको छ । त्यसैगरी संस्थाले ८३ करोड ६० लाख ८६ हजार बचत संकलन, ९० करोड ४० लाख ७४ हजार ऋण लगानी गरी १ अर्ब १८ करोड ९० लाख कुल सम्पत्ति पुर्याएको विवरणमा उल्लेख छ ।
संस्थामा २५.८ अर्थात २० करोड ९७ लाख ६१ हजार तरलता रकम रहेको छ । त्यसैगरी संस्थामा २ हजार २८८ बाल बचतकर्ता रहेका छन् । संस्थाले १० हजार सदस्यहरुलाई वित्तीय साक्षरता तालिम दिइसकेको अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।
संस्थाले थुप्रै सदस्य सुरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको र उनीहरुले लिएको ऋणको समेत बीमा गरिदिने व्यवस्था मिलाएको उनको भनाई छ ।
संस्थाले सदस्यसँग जोडिएर विभिन्न कार्यक्रम गर्दै आएकाले सदस्यहरुको विश्वास कायम गर्न सकेको अध्यक्ष सापकोटाले बताए । संस्थामा प्रयाप्त तरलता रहेको र सदस्यहरुले माग गरे अनुसार ऋण लगानी समेत गर्दै आएको छ ।