सोमबार, कार्तिक १० गते २०८३

बंगलामुखी सहकारीको आयोजनामा क्रिष्टल र मोतीको माला बनाउने तालिम सम्पन्न


चैत्र ५, २०८० सोमबार
बंगलामुखी सहकारीको आयोजनामा  क्रिष्टल र मोतीको माला  बनाउने तालिम  सम्पन्न

बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले उद्यमशीलता सम्बन्धी दुई दिने तालिमको आयोजना गरेको छ । संस्थाले महिला सदस्यहरुलाई लक्षित गरी क्रिष्टल र मोतीको माला, ब्रास्लेट र झुम्का बनाउने तालिम आयोजना गरेको हो । संस्थाको महिला उपसमितिको आयोजनामा भएको तालिममा १७ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाको आफ्नै भवनमा तालिमको आयोजना गरेको र सदस्यहरुमा सिप विकास गरी उद्यमी बनाउने उदेश्य रहेको प्रमुख कार्यकारी अधिकृत जगत कृष्ण श्रेष्ठले बताए । संस्थाको उदेश्य बचत तथा ऋणको मात्र कारोवार गर्नु नभई सदस्यहरुमा आत्मनिर्भर बनाउनु पनि रहेको उनको भनाई छ ।

तालिमले सदस्यहरुको सिप विकास गरेको केही गर्न चाहनेका लागि अवसर समेत सृजना गरेको उनले बताए । तालिममा प्रशिक्षक रेखा शाहीले सहभागीहरुलाई प्रशिक्षण दिएकी थिइन् ।