सोमबार, कार्तिक १० गते २०८३

सहकारीबाट लिएको ऋृण शर्त बमोजिम तिर्न महानगरपालिकाको अपील, अन्यथा ऐन बमोजिम कारवाही हुने


चैत्र ५, २०८० सोमबार
सहकारीबाट लिएको ऋृण शर्त बमोजिम तिर्न महानगरपालिकाको अपील, अन्यथा ऐन बमोजिम कारवाही हुने
 
 
काठमाडौं महानगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुलाई ऋृणकाे साँवाब्याज चुक्ता गर्न आग्रह गरेको छ ।
 
महानगरपालिकाले आज एक सूचना जारी गर्दै सहकारी संस्थाहरुले सदस्यको बचत नै ऋृणीहरुलाई कर्जाको रुपमा प्रवाह गर्ने हुँदा समयमा ऋण चुक्ता गर्न अनुरोध गरेको हो । 
 
पछिल्लो समय संस्थाहरुबाट लिएको ऋृणको साँवाब्याज चुक्ता गर्न कतिपय सदस्यहरुले बहानाबाजी गर्ने गरेको र कतिपयले सहकारीको ऋृण नै तिर्नु पर्दैन भन्ने भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको पछि लागी ऋृण नतिरेको गुनासो संस्थाहरुबाट आएको महानगरको सूचनमा उल्लेख छ । 
 
सहकारी संस्थाहरुमा साँवाब्याज नउठ्दा तरलताको अभाव भई सदस्यको बचत फिर्ता गर्न समेत समस्या भएकोले ऋृणी सदस्यले समयमा ऋृण चुक्ता गर्न महानगरले भनेको छ । 
 
समयमा ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन ७६ को दफा ६५ र ६६ एवं काठमाण्डौ महानगरपालिका सहकारी ऐन ७४ को दफा ६१ र ६२ को ऋृणी सदस्यको खाता रोक्का, जायजेथाको स्वामित्व हस्तान्तरण र विक्री गर्न नपाउने गरी संस्था स्वयंले सम्बन्धित निकायमा लेखिपठाउन सकिने व्यवस्था रहेको छ । 
 
जुन सम्झौता र शर्त बमोजिम ऋृण लिएको हो सोही बमोजिक ऋृणको साँवाब्याज सम्बन्धित संस्थामा भुक्तानी गर्न महानगरले भनेको छ ।