बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरको छ । संस्थाको महिला उप समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा १ सय जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्टि½य सहकारी महसंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बाले प्रशिक्षण दिएकी थिइन् । महिलाहरुले पनि क्षमता अभिवृद्धि गरी हरेक क्षेत्रमा अगाडी बढ्न आवश्यक रहेको उनले बताइन् ।
संविधानमा महिलाहरुको अधिकारको लागि व्यवस्था भएकाले उक्त अधिकारलाई व्यवहारमा प्रयोग गर्न महिलाहरु अग्रसर हुनु पर्ने उनले जोड दिइन् । महिलाले पनि नेतृत्व विकास गरी हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने उनको भनाई छ । थामसुहाङको प्रशिक्षणबाट सहभागीहरु उत्साहित भएको संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । संस्थाले सबै उमेर समहुका सदस्यहरुलाई लक्षित गरी यस्ता खाले कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिए ।

नेपालपत्र संवाददाता