श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको छ । संस्थाले सदस्यहरुलाई सहकारीको बारेमा बुझाउने उदेश्यका साथ सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको हो । संस्थाको आयोजनामा बल्खु नगद संकलन केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले यस अघि बानेश्वर केन्द्रमा पनि सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको व्यवस्थापक सन्तोषी पनेरुले जानकारी दिईन् ।पछिल्लो समय सहकारीप्रति गलत प्रचार भइराखेको बेला सदस्यहरुलाई संस्थाको समग्र अवस्था र सहकारीका बारेमा जानकारी दिने उदेश्यले कार्यकम आयोजना गरिएको उनको भनाई छ ।
यस्ता कार्यक्रमबाट सदस्यहरुले सहकारीको बारेमा बुझ्न पाउने र संस्थाप्रति विश्वासको वातावरण सृजना हुने उनले बताइन् ।सहकारी शिक्षा कार्यक्रममा सदस्यहरुको उल्लेख सहभागिता रहेको थियो ।

नेपालपत्र संवाददाता