नवजागरण बचत बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सदस्यहरुको जानकारीका लागि हरेक महिनाको पहिलो हप्ता अपरिस्कृत वित्तीय विरण प्रकाशित गर्दै आएको छ । संस्थाले प्रकाशित गरको विवरण अनुसार समग्र वित्तीय सुचाङ्कमा वृद्धि भएको छ ।
फागुनसम्म शेयर पुँजी ४ करोड ४८ लाख, जगेडा कोष ६ करोड ४० लाख ७९ हजार, अन्य कोषहरु ७८ लाख र बचत संंकलन ५५ करोड २२ लाख पुगेको छ । त्यसैगरी संस्थाले ३८ करोड १६ लाख ७३ हजार ऋण प्रवाह गरेको छ । संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार रहेको संस्थामा तरलता रकम ४ करोड ६८ लाख रहेको छ । संस्थाका सदस्यबाट ऋण माग नहुँदा बैक तथा वित्तीय संस्थामा वित्तीय लगानीको रुपमा संस्थाले २३ करोड ९० लाख रुपैया लगानी गरेको जनाएको छ । ९ हजार ७१६ जना सदस्य रहेको संस्थामा ७५९ जना सदस्यले ऋण लिएका छन् ।
कुल सम्पत्ति ७० करोड ७८ लाख ३६ हजार पुगेको संस्थाले सदस्यहरुको सहजताको लागि विद्युतिय सेवाहरु सञ्चालनमा ल्याएको छ ।
नेपालपत्र संवाददाता