सोमबार, कार्तिक १० गते २०८३

बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवस,सदस्यको विश्वासले सबल संस्था बन्न सफल


चैत्र ३, २०८० शनिबार
बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवस,सदस्यको विश्वासले सबल संस्था बन्न सफल

बलम्बु च्याउ सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी १५ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापनाको दिवसको अवसरमा सहकारी शिक्षा शिविर,विद्यार्थीसँग सहकारी शिक्षा,वृद्धा आश्रममा भोजन दान,निःशुल्क स्वास्थ्य शिविर, पाठेघार जाँच तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले आयोजना गरको पाठेघर जाँच शिविरमा ६७ जनाले जाँच गराएको संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका थिए ।

433245651_7620180914693588_1197526847848801030_n.jpgचन्द्रागिरि नगरपालिका १२ बलम्बुमा २८ जना च्याउ उद्यमीहरुको सहभागीतामा संस्था स्थापना भएको अध्यक्ष अमरदिप सिंह महर्जनले बताए । १५ बर्षको अवधिमा सहकारीले समुदायमा राम्रो पहिचान बनाएको र विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी र वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समयमा पनि संस्थाले वित्तीय सन्तुलन कायम गर्न सकेको उनको भनाई छ । महाभुकम्प र कोभिड १९ महामारीको समयमा सदस्यको घरदैलोमा नै गएर संस्थाले सेवा प्रदान गरेकाले संस्थाले सदस्यको विश्वास जित्न सकेको उनले जनाए । संस्थालाई यस स्थानमा पुर्याउन विश्वास गरेर नियमित कारोबार गर्ने सदस्य,लगनशिल कर्मचारी र सञ्चालक समिति तथा विभिन्न उपसमितिप्रति संस्थाले कृतज्ञता प्रकट गरेको छ ।

देशमा तरलता अभाव हुँदा समेत संस्थाले प्रयाप्त तरलता व्यवस्थापन गरी बचत तथा ऋणको कारोबारलाई सहज बनाउन सकेको महर्जनले बताए । संस्थाको यस अबधिमा ३ हजार ९६० सदस्य,४ करोड २९ लाख १७ हजार शेयर पुँजी,१ करोड ५८ लाख जगेडा कोष,१ करोड ५२ लाख अन्य कोष, ५४ करोड ८१ लाख बचत संकलन र ५३ करोड ८३ लाख ऋण लगानी गरी कुल कारोबार ६७ करोड ८७ लाख पुगेको छ । नीति, विधि र प्रविधिमा आधारित भएर शुसासन कायम गर्दै  सदस्य र समुदायको विश्वासयोग्य संस्था बनाउने उदेश्यका साथ अगाडी बढेको उनको प्रतिवद्धता छ । 

431774959_7608119912566355_3402781933984614112_n.jpg