सोमबार, कार्तिक १० गते २०८३

जिल्ला संघ भक्तपुरमा ध्रुव बहादुर रायमाझीको अध्यक्षतामा नयाँ सञ्चालक समिति


चैत्र २, २०८० शुक्रबार
जिल्ला संघ भक्तपुरमा ध्रुव बहादुर रायमाझीको अध्यक्षतामा नयाँ सञ्चालक समिति

जिल्ला सहकारी संघ, भक्तपुरको २५ औं वार्षिक साधारणबाटअध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । संघको आज सम्पन्न  सभाले नयाँ नेतृत्व चयन गरेको हो । कुल १३४ मत मध्ये  रायमाझीले ७१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गणेशमान चक्रधरले ५९ मत ल्याएका थिए । निर्वाचित रायमाझी पारिजात बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै महिला अध्यक्षमा सहना पसखल निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी सविता खत्रीले ५८ मत ल्याउँदा पसखलले ७० मत ल्याई विजयी भएकी हुन् । त्यस्तै उपाध्यक्षमा विरेन्द्र भक्त प्रधानाङ्ग निर्वाचित भएका छन् । उनले ७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रामसुन्दर श्रेष्ठले ५४ मत ल्याए । त्यसैगरी सचिवमा रामप्रसाद कासुला विजयी भएका छन् । कासुलाले ६९ मत ल्याए भने प्रतिस्पर्धी राजभाई जनाले ६० मत ल्याए ।

कोषाध्यक्षमा ७१ मत ल्याएर राजकुमार सिलवाल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी उत्तम सापकोटाले ६१ मत ल्याए । त्यस्तै संघको सञ्चालकहरुमा मनोज गिरी, विकास खड्का, रामचन्द्र गोसाई, सुलोचना दुवाल, नारायण प्रसाद स्वंगमिखा र सरिता थापा निर्वाचित भएका छन् । सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुष्कर देउजा तथा सदस्यहरुमा कृष्णमान प्रजापती र सावित्री थापा निर्वाचित भएका छन् ।