सोमबार, कार्तिक १० गते २०८३

बंगलामुखी सहकारीले प्रकाशित गर्यो वित्तीय विवरण, १अर्ब ३५ करोड कुल सम्पत्ति

चैत्र २, २०८० शुक्रबार
बंगलामुखी सहकारीले प्रकाशित गर्यो वित्तीय विवरण, १अर्ब ३५ करोड कुल सम्पत्ति


बंगालामुखी बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस आर्थिक बर्षको फागुण महिनासम्मकाे वित्तीय विवरण प्रकाशित गरेको हो ।

संस्थाले प्रकाशित गरको अपरिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी १४ करोड ४७ लाख ९१ हजार,जगेडा कोष २ करोड ७१ लाख ५३ हजार,बचत संकलन ९१ करोड ८३ लाख २९ हजार र ऋण लगानी १ अर्ब ५ करोड ६ लाख रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत जगत कृष्ण श्रेष्ठले जानकारी दिए । पछिलो समयमा संस्थाको कारोबारमा वृद्धि हुँदै गएको उनले जानकारी दिए ।

सहकारीप्रति सदस्यको विश्वासमा आएको कमीका कारण कतिपय सहकारी तरलता समस्याबाट गइरहेको भए पनि संस्थाप्रति सदस्यको विश्वास रहेको उनको भनाई छ । त्यसैगरी संस्थाको कुल सम्पत्ति १ अर्ब ३५ करोड ३४ लाख पुगेको छ । संस्थागत पुँजी ३ करोड ३६ हजार रहेको संस्थाको अन्य कोषमा ७१ लाख ७५ हजार पुगेको छ । संस्थामा १५.८५ प्रतिशत अर्थात १४ करोड ५६ लाख तरलता रहेको विवरणमा उल्लेख रहेको छ । ३ हजार ५२९ सदस्य रहेको संस्थामा ५२५ जनाले ऋण उपभोग गरेका छन् ।