ललितपुर उपमहानगरपालिका ३, पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ।
संस्थालाई समस्याग्रस्त घोषणा सहकारी विभागले सिफारिस गरेको थियो । सोही अनुसार भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रीस्तरीय निर्णयबाट सहकारीलाई २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको हो ।
मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड क देखि च सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।’
समस्यग्रस्त घोषणा गरिएको उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।
समितिमातहत गएपछ ती सहकारी संस्थाले आफ्ना कार्यालयहरु खोल्न र कुनै पनि किसिमको कारोबार गर्न पाउँदैनन् । त्यस्ता संस्थाको सम्पति तथा दायित्व भुक्तानीसम्बन्धी सबै कार्य समितिमार्फत हुने व्यवस्था सहकारी ऐनमा रहेको छ ।
लामाे समयदेखि संस्थाले सदस्यकाे बचत फिर्ता गर्न सकेकाे थिएन । समस्याग्रस्त घाेषित भएसँगै सदस्य बचतकर्ताले संस्थामा फसेकाे रकम पाउलान् कि ?
नेपालपत्र संवाददाता