सोमबार, कार्तिक १० गते २०८३

सहकारी दिवसको अवसरमा काभ्रे जिल्ला संघले लोकगीत प्रतियोगिता गर्ने

फाल्गुण २९, २०८० मंगलबार
सहकारी दिवसको अवसरमा काभ्रे जिल्ला संघले लोकगीत प्रतियोगिता गर्ने

जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा लोकगीत प्रतियोगिता हुने भएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संघले उक्त जिल्ला स्तरीय प्रतियोगिता गर्न लागेको हो । 

आगामी चैत्र २० हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन चैत्र १७ गतेभित्र नाम लेखाउन संघसंस्थाहरुलाई संघले अपील गरेको छ । 

सहकारी सम्बन्धी सन्देशमूलक गीत प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा एउटा संस्थाबाट ७ जनासम्म सहभागि हुन सक्ने छन् भने प्रत्येक संस्थालाई ७ मिनेटको समय दिइनेछ । प्रतियोगहिरुमध्यबाट प्रथम, द्वितीय, तृतीय, सान्त्वना नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।