सोमबार, कार्तिक १० गते २०८३

पिपुल्स साकोसद्वारा स्थापना दिवसको अवसरमा मोबाईल बैंकिङ् सुरु


फाल्गुण २१, २०८० सोमबार
पिपुल्स साकोसद्वारा स्थापना दिवसको अवसरमा मोबाईल बैंकिङ् सुरु


 पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष  निरन शाक्यको अध्यक्षता तथा बनेपा नगरपालिका वडा न८ का अध्यक्ष  शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता स्थापना दिवस मनाएको हो ।

संस्थाले सो अवसरमा मोबाईल बैंकिङ् सेवा  सुरु गरेको छ । “प्रविधिको उच्चतम प्रयोग मार्फत सदस्यहरुको सहभागीता” सदस्यहरुलाई सरल भरपर्दो र घरमै बसेर कारोबार गर्न सक्ने गरि विभिन्न प्रविधिको विकासमा वार्षिक योजना अनुसार मोबाईल बैंकिङ् सुरु गरेको हो ।   नगद रहित कारोबारको माध्यमबाट आफ्नो पैसाको सुरक्षा र कारोबारमा सरलता ल्याउनका लागि १८औं संस्था स्थापना दिवसका अवसरमा सदस्यहरुको माझमा मोबाईल बैंकिङ् सेवा सुचारु गरिएको  संस्थाले जनाएको छ ।

 त्यसैगरी संस्थाले संरक्षित पुँजी  फिर्ता कोष रकम समेत वितरण गरेको छ ।  संरक्षित पुँजी फिर्ता कोष रकम वितरण अन्र्तगत भार बमोजिमको कर्जा तर्फ कूल रकमको ६० प्रतिशत  ३ हजार भन्दा बढि रकम पाउने १४ जना र बचत तर्र्फकूल रकमको ४० प्रतिशत   १५०० भन्दा बढि रकम पाउने १४ जना सदस्यहरुलाई उक्त कोषबाट रकम  वितरण गरिएको थियो ।  कार्यक्षेत्र भित्र भएका सार्वजनिक स्थान, मठ मन्दिर, संस्कृती एवं सम्पदा संरक्षणमा संस्थाको उपस्थितीको लागि र सहयोगी भूमिका खेल्ने हेतुले वार्षिक योजना अनुसार संस्थाको कार्यक्षेत्रका कम्तीमा १ ओटा मठमन्दिर सरसफाई गर्न स्थानीय क्लव, सम्वन्धित सामाजीक संस्थाहरु सँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुरुप   तीनदोबाटो चोक भित्र करुणा मार्ग, लक्ष्यश्वर मार्ग, लक्ष्यश्वर महादेव मन्दिर हुँदै तलापुखु पोखरी र गणेश मन्दिर सम्म सरसफाई गर्दै सम्पन्न गरियो । त्यसैगरी   काभे् रेडक्रसको प्राविधिक सहयोगमा  सञ्चालन  भएको खुल्ला   रक्तदान कार्यक्रममा महिला ५ जना र पुरुष १६ जना गरी जम्मा २१ जनाले रक्तदान गरेका छन् । 

सहकारी शिक्षा, वित्तिय साक्षरता तथा परिवार योजना कार्यक्रम अन्तर्गत सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरता तथा परिवार योजना कार्यक्रम  ३४ जना सदस्यको उपस्थिती रहेको थियो  ।  सो शिक्षा कार्यक्रम सहायक  सुरवि कायस्थ र एलिना सुवालबाट सहभागिहरुलाई सहजिकरण  गरिएको थियो भने  प्रबन्धक   नवराज सापकोटाबाट सहकारी शिक्षा एवं वित्तीय साक्षरता बिषयमा  प्रस्तुतिकरण गरेका थिए । संस्थाले  समवेदना राहत ४ जना सदस्यलाई वितरण  गरेको छ  ।  १०० कित्ता बराबरको शेयर खरिद गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप   ५००० प्रदान गर्दै आएको छ । 

संस्थाले स्वास्थ्य उपचार सहयोग रकम वितरण अन्तर्गत   १ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम कार्यक्रका प्रमुख आतिथि  शुभलक्ष्मी मानन्धरले प्रदान गरेका थिए । त्यस्तै यस आ.ब.मा   २ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम उपलब्ध गराएको छ । यस योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम रु २०० वा १०० ले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्नेछ । यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा  १५,०० रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा  १०,००० वा बिल बमोजिमको रकम भुक्तानी गरिनेछ । राहत कोषबाट उपलब्ध गराउने रकम बढीमा ४ पटक गरी  २०,००० भन्दा बढी हुने छैन । अस्पतालमा भर्ना भई उपचार गराएको व्यहोराको अग्रिम जानकारी संस्थामा गराउनु पर्नेछ । यस योजनामा आवद्ध हुने सदस्यको खाताबाट फिर्ता नहुने गरी सदस्य अवधि भर वार्षिक  १०० कट्टि गरी “स्वास्थ्य उपचार राहत कोष” मा जम्मा गरिने संस्थाले जनाएको छ ।

सोही  अवसर पारेर संस्थाले नयाँ बचत योजना  सुरु गरेको छ । सो  अवसरमा पिपुल्स सुनौलो भविष्य बचत योजना १६ बर्षे कार्यक्रम सञ्चालनमा ल्याएको हो । जसमा सहभागी हुन चाहने सदस्यले १ लाख, २ लाख, ३ लाख र ४ लाखका दरले वा सो को गुणामा हुन आउने रकम एक्मुष्ट बचत गरि योजना स्किमको छनौट गर्नुपर्नेछ । संस्थाले मासिक रुपमा उपलब्ध गराउने भनिएको रकम सदस्यको यस संस्थामा रहेको साधारण बचत खातामा जम्मा गरिनेछ र अवधि समाप्ति भए पश्चात संस्थाले कबुल गरे अनुसारको एकमुष्ट रकम भुक्तानी गर्नेछ । संस्थाले सो अवसरमा दीर्घकालिन बचतको चेक हस्तान्तरण गरेको थियो ।  २०६५ फागुन ९ गते सञ्चालनमा आएको १५ बर्षे दीर्घकालिन बचत योजनामा जम्मा ३१ जना  सदस्यले  १५ बर्ष सम्म नियमित बचत जम्मा  गरेका थिए । उक्त  योजना अवधि समाप्त भएकाले ३१ जना सदस्यहरुलाई  ७४ लाख  ८० हजारको चेक हस्तान्तरण गरिएको थियो ।