सोमबार, कार्तिक १० गते २०८३

कुम्भेश्वर महिला साकोसको आयोजनामा कोसिसमा आवद्ध संस्थाहरुको कार्यशाला गोष्ठी सम्पन्न


फाल्गुण २१, २०८० सोमबार
कुम्भेश्वर महिला साकोसको आयोजनामा कोसिसमा आवद्ध संस्थाहरुको कार्यशाला गोष्ठी सम्पन्न


बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ( बागमती प्रोस्कून )को प्राबिधिक सहयोग तथा कुम्भेश्वर महिला साकोस ललितपुरको आयोजनामा कोसिस कार्यक्रम पहिलो समूहको  ‘फोर्थ वी क्यान ओर्कसप’ कार्यशाला गोष्ठी  सम्पन्न भएको छ । स्तरीकरण कार्यक्रममा  आवद्ध   साकोसहरुको पहिलो समूहको चौथो “सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला ’ सम्पन्न भएको हो । 

आयोजक संस्था कुम्भेश्वर साकोसकी अध्यक्ष  शान्त लक्ष्मी खड्गीको अध्यक्षता तथा बागमती प्रोस्कूनका अध्यक्ष  उद्धव सापकोटाको प्रमुख आतिथ्यता कार्यशाला गोष्ठी सम्पन्न भएको हो । ललितपुर महानगरपालिका सहकारी महाशाखाका अधिकृत  चन्द्रलाल डंगोलको विशेष आतिथ्यता,बागमती प्रोस्कूनका संचालक एवम् काठमाण्डौँ सेवा कार्यालय संयोजक  ठाकुर वास्कोटा, संचालक कृष्ण प्रसाद सुवेदी तथा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालको कार्यशाला गोष्ठीमा आतिथ्यता रहेको थियो । 

429885980_379653461490958_868089849004264044_n.jpg

  बागमती प्रदेश सरकार र बागमती प्रोस्कूनको साझेदारीमा सञ्चालित कोशिश कार्यक्रमले आबद्ध साकोसहरुलाई निरन्तर शिक्षा र सहकार्यबाट उच्चस्तरको गुणस्तर कायम राख्न साथ रहने प्रतिबद्धता बागमती प्रोस्कूनका अध्यक्ष  सापकोटाले व्यक्त  गरे । त्यसैगरी विशिष्ट अतिथी डंगोलले यस किसिमका स्तरीकरण कार्यक्रम मार्फत सहकारी संस्थाको स्तर उन्नतीमा लाने संघहरुमा सरकारको पनि साझेदारी कार्यक्रम हुन आवश्यक रहेको भन्र्दै कार्यक्रममा सक्रियता पूर्वक सहभागी भइ सुशासनका पाटाहरुलाई अक्षरश पुरा गर्न संस्थाहरुलाई सुझाव  दिए ।कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत दाहालले “ सदस्य सन्तुष्टि पहिचान” विषयमा अनुशिक्षण  गरेका थिए  । कोसिस कार्यक्रमले आवद्ध संस्थाहरुको नियमित वित्तीय जोखिम विश्लेषणसंगसंगै कर्मचारीको क्षमता विकास, कार्यलयको प्रभावकारी व्यवस्थापन, सञ्चालकको सक्षमता विकास,सदस्य सन्तुष्टि मापन जस्ता विषयहरुमा सहकार्य गर्ने गरी मोड्यूल विकास भएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक मोनिका खड्गाीले  गरेकी थिइन्  भने  स्वागत मन्तव्य कोषाध्यक्ष रंगिता खड्गीले  गरेकी थिइन्। कोशिश कार्यक्रममा आवद्ध सिन्धुपाल्चोकको ४, काभ्रेपलाञ्चोकको २, काठमाडौको ४ र ललितपुरको १ गरी ११ वटा संस्थाका व्यवस्थापकहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित रही आफ्नो आफ्नो संस्थाको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा संघका कार्यक्रम अधिकृत नवराज घोरसाईने र विमला पुडासैनीले पृष्ठपोषण गरेका थिए  । उक्त समूहको आगामी कार्यशाला चक्रेश्वर साकोस काभ्रेको, आयोजनामा आगामी जेष्ठ १९ गते हुनेछ ।