समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त संस्था घोषित कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र हाम्रो नयाँ कृषि सहकारीका बचतकर्तालाई ३५ दिनभित्र आफ्नो बचत रकम मागदावी गर्न सूचना गरेको छ ।
बचतकर्ताले समितिको वेबसाइट coopmc.gov.np मार्फत सूचना प्रकाशित भएकाे मिति (२०८० फागुन १६) ले ३५ भित्र सप्रमाण मागदावी गर्नुपर्ने सूचनामा जनाइएको छ ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित गरी सोही ऐनको दफा १०५ बमोजिम ती ३ संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिलाई जिम्मा दिइएको छ।

नेपालपत्र संवाददाता