सोमबार, कार्तिक १० गते २०८३

लक्ष्मी महिला सहकारीले १०% ब्याजदरमा कर्जा दिने


फाल्गुण १४, २०८० सोमबार
लक्ष्मी महिला सहकारीले १०% ब्याजदरमा कर्जा दिने

 

काभ्रेपलाञ्चोक जिल्लाको पनौतिमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहुलियत दरमा कर्जा दिने योजना अघि सारेको छ । 

संस्थाले कृषि तथा पशुपालन शीर्षकमा सदस्यहरुलाई १० प्रतिशत ब्याजदरमा नै कर्जा दिने भएको हो । त्यसका लागि संस्थाको शेयर खरिद गरी सदस्य बनेको ३ महिना पूरा भएको हुनपर्नेछ । त्यसैगरी नियमित रुपमा मासिक बचत गरेको हुनुपर्नेछ संस्थाको शर्त रहेको छ।