सोमबार, कार्तिक १० गते २०८३

बिन्धवासिनी सहकारीको वित्तीय विवरण, ४अर्ब ७७  करोड माथि कुल सम्पत्ति 

फाल्गुण ७, २०८० सोमबार
बिन्धवासिनी सहकारीको वित्तीय विवरण, ४अर्ब ७७  करोड माथि कुल सम्पत्ति 

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको माघ महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले हरेक महिना समाप्त भएको पहिलो साता भित्र वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।

संस्थाले प्रकाशित गरेको विवरण अनुसार गत महिनाको माघ मसान्तसम्म्म शेयर पुँजी ५१ करोड ४ लाख २५ हजार, साधारण जगेडा कोष ३५ करोड ९ लाख ५२ हजार, विभिन्न कोषहरु २१ करोड ९ लाख ७५ हजार र कूल संस्थागत पुँजी ३५ करोड ७२ लाख पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि. लामा  स्याङ्तानले बताए । त्यसैगरी संस्थाले ३ अर्ब ४२ करोड ६५ लाख बचत संकलन गरी ३ अर्ब ५५ करोड ६३ लाख ऋण परिचालन गरेको छ । संस्थामा २५.१८ प्रतिशत अर्थात ८६ करोड २९ लाख २२ हजार तरलता रकम रहेको छ ।  

४ अर्ब ७७ करोड ८५ लाख ९९ हजार कूल सम्पत्ति रहेको संस्थामा ५३ हजार ३२८ सदस्य र १० हजार ५१३ शैक्षिक बाल बबचतकर्ता आवद्ध रहेका छन् । संस्थाबाट ११ हजार ३४१ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको वित्तीय विवरणमा उल्लेख छ ।