सोमबार, कार्तिक १० गते २०८३

ललितपुर बचत संघले साकोसका अध्यक्षहरुको क्षमता अभिवृद्धि गोष्ठी गर्दै 


माघ २४, २०८० बुधबार
ललितपुर बचत संघले साकोसका अध्यक्षहरुको क्षमता अभिवृद्धि गोष्ठी गर्दै 


ललितपुर  जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा साकोसका अध्यक्षहरुको क्षमता अभिवृद्धि गोष्ठी  हुने भएको छ । संघको आयोजनामा  “साकोसमा अध्यक्षको भूमिका र जवाफदेहिता” भन्ने नारालाई आत्मसाथ गर्दै आर्थिक सम्वृद्धिमा सुन्दर भविष्य र सम्भावना वोकेको सहकारी संस्थाको बृहत्तर विकासका लागि “साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर” हुन लागेको हो । संघले आगामी फागुन ४ र ५ गते  नगरकोटको रत्नागिरी रिर्सोटमा  गोष्ठी गर्ने जनाएको छ । विभिन्न विषयहरुमा विज्ञहरुको  प्रस्तुति र सहभागीहरुको  सुझावहरुलाई  समेटेर सघन मन्थन गरी निकास र निष्कर्ष निकाल्ने मञ्चको रुपमा साकोस अध्यक्ष  गोष्ठी हुने संघले जनाएको छ

। वर्तमान परिस्थितिको  सामाना  गर्न  अध्यक्षहरुको क्षमता विकास गर्ने उदेश्यले गोष्ठीको आयोजना हुन लागेको हो । गोष्ठीमा  पूर्व अर्थ सचिव रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको उपस्थितिःराष्ट्रिय पुँजी निमार्ण र ग्राहस्थ उत्पादनमा योगदान, प्रेरक वक्ता एवं पूर्व राजदुत महेश दाहालले सकरात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री कुमार गुरागाईले वित्तीय सहकारीको जोखिम व्यवस्थापनःजोखिम पहिचान, विश्लेषण, मुल्याङ्कन पद्धती र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले सहकारीको समस्या समाधानमा प्रसासनको भूमिका विषयमा प्रस्तुति गर्ने संघले जनाएको छ ।

त्यसैगरी सिआइवीको तर्फबाट सहकारी क्षेत्रमा कानुन पालनाको विद्यमान अवस्थाः कानुनको पालनामा नेतृत्वको जवाफदेहिता ,चन्द्रागिरी साकोसका सिइओ कृष्ण कुमार श्रेष्ठले सफल सहकारी निमार्ण कसरी ?संकट व्यवस्थापन नेतृत्वको जिम्मेवारी , भूमिका र जवाफदेहिता तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुति राख्ने भएका छन् ।