सहकारी संस्थाबाट बचत फिर्ता नपाएपछि हजारौ पीडित बचतकर्ताले वृहत मोटरसाइकल र्यालीको आयेजना गर्ने भएका छन् । उनीहले भोली माघ २५ गते देशभरीका सहकारीका पीडित बचतकर्ताहरुले काठमाडौको विभिन्न ठाँउबाट मोटरसाइकल र्याली गरी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पत्रकार सम्मेलन गर्ने भएक हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आयोजना गरेको कार्यक्रममा २७३ वटा संस्थाका पिडितहरुको सहभागीता रहने छन् ।
र्याली बिहानको ११ बजे बालाजु, नया बसपार्क, गोंगबु, सामाखुशी, बसुन्धारा, बिजी मल बल्खु, किर्तिपुर, कलंकी, थानकोट, चन्द्रागिरी, सितापाइला, कालिमाटी कोटेश्वर, इमाडोल, लुभु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जावलाखेल तिनकुने, सिनामंगल, बानेश्वर एयरपोर्ट, गौशाला, सिफल, मुलपानी, सिफल चौर, चाविहिल, वौद्ध, जोरपाटी, कपन, सुकेधारा, बसुन्धारा, चक्रपथ, शंख पार्कबाट हुने जनाइएको छ ।
Ӳनेपाल भरिका सहकारी पिडीत बचतकर्ता एक हौं र निक्षेपको साँवा व्याज अविलम्व फिर्ता र सुनिश्चतताको लागि आफै लडौं ’भन्ने मूल नारा सहित र्याली गर्न लागिएको हो । पछिल्लो समय सहकारी संस्थाले सदस्यहरुले सदस्यको बचत फिर्ता नगरेका उजुरीहरु बढ्दै गएका छन् । शहरमा खुलेका केही सहकारी संस्थाले सदस्यबाट अर्बौ बचत संकलन गरेर आफ्नो नीजि व्यवसायमा लगानी गरेकाले सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् । पीडितहरुले यस अछि पनि बचत फिर्ताको माग गर्दै ६३ दिनसम्म माइती घर मण्डलामा आन्दोलन गरेका थिए ।
सहकारी मन्त्री रन्जिता श्रेष्ठ चौधरीसँग ७ बुँदे सम्झौता गरेर आन्दोलन स्थगित भएको थियो । उक्त सभ्झौता कार्यान्वय गराउन र पीडितले बचत फिर्ता पाउने वातावरण सृजना गर्न र्यालीको आयोजना गजरिएको आयोजकले जानकारी दिए । सरकारले बचत फिर्ता गराउने सम्झौता गरे पनि त्यसप्रति जवाफदेही नभएको उनीहरुको आरोप छ । यस अघि पीडित बचतकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई समेत भेटेर आफ्नो समस्याका बारेमा ध्यानकर्षण गराइसकेको जानकारी दिए । भोली हुने शान्तिपूर्ण र्याली पनि प्रधानमन्त्री,सहकारी मन्त्री,प्रदेश सहकारी मन्त्री, विभागिय सचिव र रजिष्ट्रारलाई समेत बोलाएको र उहाँहरुलाई पीडितको समस्याप्रति जवाफदेही बनाउन लागिएको आयोजकले जानकारी दिए ।
नेपालपत्र संवाददाता