सोमबार, कार्तिक १० गते २०८३

बागमती प्रदेशका पूर्व सहकारी मन्त्री पौडेलको दुर्घटनामा निधन


माघ १७, २०८० बुधबार
बागमती प्रदेशका पूर्व सहकारी मन्त्री पौडेलको दुर्घटनामा निधन

बागमती प्रदेशका पूर्व सहकारी मन्त्री बलराम पौडेलको सडक दुर्घटनामा निधन भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पूर्व सहकारी मन्त्री बलराम पौडेलको मृत्यु भएको हो ।

आज बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।