आइतबार, आश्विन १८ गते २०८३

बागमती प्रोस्कुनको प्रदेशस्तरीय साकोस समिट हुने, सहभागिताका लागि रजिष्ट्रेशन खुल्ला

माघ १६, २०८० मंगलबार
बागमती प्रोस्कुनको प्रदेशस्तरीय साकोस समिट हुने, सहभागिताका लागि रजिष्ट्रेशन खुल्ला

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले २ दिने साकोस समिट गर्ने भएको छ । ‘सहकारीको सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास’ भन्ने थिमका साथ आगामी फागुन १६ र १७ गते भक्तपुरको गठ्ठाघरमा उक्त समिट आयोजना हुन लागेको हो ।

समिटको पहिलो दिन सहकारीको सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास, कानुन कार्यान्वय र अभियानको शुद्धिकरणका लागि : सहकारी एकिकरण र वर्गीकरण, सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण: भावी जोखिम र कार्यान्वयन रणनीति विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । 

त्यसैगरी समिटको दोश्रो दिन दक्ष जनशक्ति पलायन: सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपायहरु, सहकारीको वर्तमान आवश्यकता: साझा अभियानका लागि साझा सञ्जाल, प्रभावकारी सेवाका लागि: जनशक्ति उत्प्रेरणा र सहकारी सुशासन प्रवद्र्धनमा प्रविधिमैत्री कारोबार भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुति तथा प्यानल डिस्कसन हुने आयोजक बागमती प्रोस्कुनले जनाएको छ । 

संघले पहिलो पटक बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई समेटेर यस्तो समिट गर्न लागेको हो । विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले समिट प्रभावकारी र उपलब्धीमूलक हुने प्रोस्कुनको भनाई छ । संघले समिटका लागि रजिष्ट्रेशन खुल्ला समेत गरेको छ ।