सोमबार, कार्तिक १० गते २०८३

नवदुर्गा भवानी सहकारी संस्थाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्ने


माघ १०, २०८० बुधबार
नवदुर्गा भवानी सहकारी संस्थाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्ने

नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बार्षिक क्यालेण्डरको पुर्व योजना अनुसार माघ महिनाको आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । १५ औं बार्षिक साधारणसभा पछि संस्थामा बनेका सदस्यहरूलाई “सहकारी शिक्षा तथा सदस्य अभिमुखीकरण साथै नयाँ सदस्य स्वागत कार्यक्रम” गरी आफ्ना सेयर सदस्यलाई बित्तिय साक्षरता ज्ञान प्रदान गर्ने जनाएको छ ।

यसका लागि संस्थाले माघ १३ गते सदस्यहरूलाई सहभागिताको लागि आह्वान समेत गरेको छ । त्यस्तै, संस्थाका सचिव रामकृष्ण पौंडेलले कार्यक्रममा “स्कुल स्कुलमा नवदुर्गा भवानी वित्तिय साक्षरता कार्यक्रम” आयोजना गर्ने तयारी गरेको जानकारी दिए । उक्त कार्यक्रममार्फत भर्रखरै पढ्दै गरेका बालबालिकाको आर्थिक समुन्नतिका लागि आफु सँग भएको थोरै रकम बचत गर्दै जाँदा भविष्यमा आईपर्न सक्ने आर्थिक संकटलाई न्युनिकरण गर्न र बालबालिकाको भविष्यलाई आर्थिक रुपमा सुरक्षित कसरी बनाउन सकिन्छ र यसमा सहकारीको भुमिका के रहन्छ र आजका बालबालिकाको भोलीको भविष्यको रेखा कोर्न सहकारी पनि एक महत्वपुर्ण संस्था हो भन्ने कुराको ज्ञान दिने उद्येश्य रहेको पौंडेलले बताए।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले कार्यक्रममार्फत सदस्यमा अझै थप सेवा र लगानी गर्न सदस्यको मन जित्दै समुदाय स्तरमा यो क्षेत्रकै उत्कृष्ट सेवा दिन सफल भएको प्रष्ट पारे । साथै, उनले उक्त सफलता शेयर सदस्यकै विश्वासका कारण रहेकाले अझै थप सेवा र लगानी संस्थाले गरिरहेको जानकारी दिदै शेयर सदस्यको गुनासो संकलन गर्ने उद्येश्यका साथ “ घरदैलो सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम “ गर्न लागेको बताए । यो कार्यक्रम माघ १५ गते देखि अब प्रत्यक महिनै गर्ने बताएका छन् ।