सोमबार, कार्तिक १० गते २०८३

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


माघ ७, २०८० आइतबार
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनी र उनको परिवारलाई नै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो । उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ पनि यस मुद्दामा दोषी ठहर भएका छन् ।

इजलाशले सजाय निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।  १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो  ।