सोमबार, कार्तिक १० गते २०८३

चण्डेश्वरी सहकारी संस्थाद्वारा सामुदायिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान


माघ ५, २०८० शुक्रबार
चण्डेश्वरी  सहकारी संस्थाद्वारा  सामुदायिक विद्यालयलाई  साउण्ड सिस्टम प्रदान

बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले सामुदायिक विद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा ५ स्थीत आजाद माध्यामिक विद्यालयलाई ३० हजार बराबर साउण्ड सिस्टम हस्तान्तरण गरेको छ ।

आज विद्यालयको प्राङ्गणमा बिद्यार्थीहरुको उपस्थीतिमा भएको छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठले बिद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठलाई सो साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहाल, सह सचिव रोशना राजबंशी, संचालक सदस्य मनोहरी पोटे, बचत विभाग प्रमुख सत्य नारायण श्रेष्ठको उपस्थीति रहेको थियो ।

कार्यक्रममा  सिईओ दाहालले संस्थाले हरेक बर्ष समुदायिक विद्यालयलाई लक्षित गरि यस प्रकारको सहयोग गर्ने गरेको बताए  । साथै सो साउण्ड सिस्टम प्रयोग गरि बिद्यार्थिहरुले आफ्नो गायन उद्घोषन जस्ता कलामा निखार ल्याउन प्रयोग गर्न बिद्यार्थिहरुलाई सुझाए। उक्त सहकारी संस्थाले हरेक बर्ष समुदायिक बिद्यालय सहयोग कार्यक्रम गर्ने गरेको छ । अघिल्लो बर्ष बनेपा ४ नाला स्थीत श्री चण्डेश्वरी माध्यामिक बिद्यालयलाई खानेपानी प्युरिफायर हस्तान्तरण गरेको थियो । 

viber_image_2024-01-19_13-17-04-068-225x300.jpg