सोमबार, कार्तिक १० गते २०८३

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मुद्दती बचतमा अधिकतम ६.५० प्रतिशत


माघ ५, २०८० शुक्रबार
राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मुद्दती बचतमा अधिकतम ६.५० प्रतिशत


राष्ट्रिय सहकारी बैंकले ब्याजदर परिवर्तन  गरेको छ । बैंकले आजबाट लागू हुने गरी बचत र  ऋणको ब्याजदर परिवर्तन  गरेको हो ।

परिवर्तन गरिएको ब्याजदर अनुसार सदस्य संघ संस्थाहरुले  साधारण बचतमा १.५० प्रतिशत , बिशेष बचतमा १.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म, अनिर्वाय बचतमा ८ प्रतिशत, क्रमिक बचतमा ७ प्रतिशतदेखि ७.७५ प्रतिशसम्म र मुद्धती निक्षेपमा ५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।

त्यसैगरी बैंकले लिने कर्जाको ब्याजदर पनि  परिवर्तन भएको छ। जस अनुसार कृषि कर्जामा ७ देखि १० प्रतिशत,आवधिक कर्जामा ११ देखि ११.५० प्रतिशत ,हायर पर्चेच कर्जामा १०.५० प्रतिशत र लघुवित कर्जामा १०.५० प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले  जनाएको छ  । समय  अवधि र र ऋणको प्रकार अनुसार बैंकले लिने ब्याजदर फरक -फरक रहेको छ । बैंकले ऋणको अधिकतम ब्याजदर ११ .७५ प्रतिशत तोकेको छ । 

419507668_1655050251696792_9099427016871661999_n.jpg